कपिलवस्तुमा २ लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै


पालिका पत्र

१३ फाल्गुन २०८०, आईतवार ०७:५२ मा प्रकाशित

रचना खासुमगर, फागुन १३ गते । कपिलवस्तुमा २ लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । बालबालिकामा हुने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य कार्यालय, कपिलवस्तुले यहाँका १० वटा स्थानीय तहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धका खोप लगाउने भएको हो ।

फागुन १३ देखि २४ गते सम्म जिल्लाको १० वटै पालिकाका भित्रका ९ महिना देखि १५ बर्ष उमेरका बालबालिकालाई खोप लगाईने भएको हो । जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद सिंह चौधरीका अनुसार यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुनेछ । सो अभियान अन्तर्गत कपिलवस्तुका १० वटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ । उनले लक्ष्य पुरा गर्ने उद्देश्यका साथ दादुरा–रुबेला खोप अभियानको सुरुवात हुने बताए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख चौधरीका अनुसार कपिलवस्तु नगरपालिका र विजय नगर गाउँपालिकामा फागुन १३ गते देखि २१ गते सम्म लगाईने भएको छ । यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकामा १५ गते देखि २१ गते सम्म लगाईने छ त्यस्तै वाणगंगा, शिवराज, महाराजगंज र कृष्णनगर नगरपालिकामा १८ गते देखि २४ गते सम्म र बुद्धभुमी नगरपालिकामा २२ गते देखि २८ गते सम्म लगाईने भएको छ ।

कुन स्थानीय तहमा कतिलाई खोप?

जस मध्ये कपिलवस्तु २६ हजार ९ सय १०, शिवराज २६ हजार ७ सय २६, बुद्धभुमीमा २२ हजार ८ सय ९५, बाणगंगामा २१ हजार ८ सय ५९, कृष्णनगर २२ हजार ८ सय ४४, महाराजगंजमा २१ हजार ८ सय ३६, मायादेविमा १९ हजार १ सय ७, शुद्घोधनमा १८ हजार १ सय १६, यशोधरामा १४ हजार ९ सय ६१, त्यस्तै गरी विजयनगरमा १४ हजार ५ सय ११ रहेका छन ।

यो अभियान कपिलवस्तु जिल्लाका ८ सय ५६ विद्यालयहरुमा सञ्चालन हुने भएको हो । जसमा २ सय २२ जना स्वास्थ्यकर्मी र १ हजार ७ सय १२ जना स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन भएका छन ।

प्रतिक्रिया दिनुहोस्