छाडा चौपायाबाट बाली जोगाउन नवप्रभात सामुदायिक वनले गर्‍यो ९ किलो मिटर क्षेत्रमा तारबार


पालिका पत्र

२७ फाल्गुन २०८०, आईतवार २१:२९ मा प्रकाशित


बाणगङ्गा, फागुन २७ ।
बाणगङ्गा वडा न. ८ मा करिब ९ किलो मिटर क्षेत्रमा तारबार गरिएको छ । नवप्रभात सामुदायिक वनले आफ्ना उपभोक्ता रहेका ५ वटा टोलमा उक्त तार वार गरको हो । 


वर्तमान समयको विद्यमान समस्या छाडा पशु चौपायाबाट ग्रसित कृषकहरूलाई मध्यनजर गर्दै वनले काँडेतारले घेरेका वनका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । 


उनले वनले तयार गरेको वार्षिक कार्ययोजना साधारण सभाबाट अनुमोदन भएपछि काम गरिएको जानकारी दिए । साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेर ‘वन व्यवस्थापन’, ‘गरिबी न्यूनीकरण’, ‘सामाजिक विकास कोष’ र ‘प्रशासनिक खर्च’ गरि ४ वटा शीर्षकमा कार्य गर्ने गरेको रेग्मीले पालिका पत्र सँग भने । 


तारबार गर्दा वनका सदस्य, समाजसेवी, बुद्धिजीवीको  सर सल्लाह बाट  समस्या पहिचान गरि ‘सामाजिक विकास कोष’ शीर्षकमा रहेर किसानहरूको खेती बालीलाई मध्यनजर गरेर तारबार गरेको बताए । 


उनले काँडेतार लगाउन वनले २५ लाख रुपैयाँ लगानी गरेको बताए । अध्यक्ष रेग्मी ले वनले छुट्याएको २५ लाख रुपैयाँले वन आफैले फलामका एङ्गल सिमेन्ट, काँडेतार, मिसक्ट जस्ता सामग्री खरिद गरिएको हो । उपभोक्ताको श्रम र कतिपय ठाँउमा थोरै आर्थिक लगानी पनि भएको बताईएको छ । 


त्यस क्षेत्रमा ९०३ घरधुरी रहेकोमा लगभग ७ सय भन्दा माथि घरधुरी लाई समेटेर पहिलो चरणको तारबार गरिएको हो । बाँकी उपभोक्तालाई पुन दोस्रो चरणको कार्यमा समेटिने अध्यक्ष रेग्मीले बताए । त्यसैगरी यो संरक्षण बाट मुख्यत छाडा चौपाया समस्यामा रहेका कृषकहरूलाई राहत प्रदान गरेको उनले बताए । तारबार गर्नुभन्दा अगाडि छाडा पशु चौपायाले अन्नबाली, घाँस, दलहन जस्ता खेतीबाली स्याहार्न नपाएको गुनासो कृषकहरूको रहेको उनले बताए  । उनले त्यो समस्या अहिले नियन्त्रण भएको बताए । 

उता कृषकहरूले पनि तारबार गरेपछि मकै खेती गर्न थालिएको बताएका छन् । विगतका वर्षमा खेती गर्न नपाएका किसान मकै खेती गर्न पाउँदा खुशी भएको छन् । 


त्यस्तै गरि सामुदायिक वनद्वारा  ‘गरिबी न्यूनीकरण’ शीर्षकमा रहेर ५ टोलमा अति विपन्न परिवारलाई आवास निर्माणको कार्य गरिरहेको रेग्मीले जानकारी दिए । उनले  वनले विशेष गरि किसान लक्षित कुलो सिचाँई जस्ता कार्यक्रम गरिरहेको पनि  जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्