मुसिकोट नगरपालिका द्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन


पालिका पत्र

२९ फाल्गुन २०८०, मंगलवार ०८:४५ मा प्रकाशित

गुल्मी, २९ फागुन ।

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो। नगरपालिकाभित्र सरकारी सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले यस्तो निर्देशन गरेको जनाइएको छ।

नयाँ शैक्षिक सत्रदेखि सबैले सामुदायिक तथा सरकारी विद्यालयमा अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको मेयर जीवलाल खरेलले बताए। मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्नमाध्यमिक र ४७ प्राथमिक विद्यालय छन्।

प्रतिक्रिया दिनुहोस्