पुर्व एसएसपी थापाको सक्रियता : ‘युवालाई प्रहरी जवान तयारी’ तालिम


६ चैत्र २०८०, मंगलवार ०८:५९ मा प्रकाशित

कपिलवस्तु, चैत्र ६ । कपिलवस्तु जिल्लाका दुई पालिकाहरुमा पहिलोपटक प्रहरी जवान प्रशिक्षण तालिम दिईएको छ । सेतो गुलाब सामाजिक संस्था कपिलवस्तुको आयोजनामा महाराजगंज नगरपालिका र बुद्धभुमी नगरपालिकाबाट नेपाल प्रहरीको जवान पदमा आवेदन दिएका ७० युवालाई निःशुल्क पुर्व तयारी प्रशिक्षण तालिम दिईएको हो । सामाजिक संस्था तर्फबाट हालसम्ममै पहिलो पटक आयोजना गरेको तालिममा आवेदकहरुलाई शारिरीक तथा लिखित परिक्षामा सबल बनाउने गरि ५ दिने पुर्व तयारी प्रशिक्षण तालिम दिईएको संस्थाको दाबी छ ।

तालिममा पुर्व प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सुरक्षा संगठन बिभागका प्रमुख बिक्रम सिंह थापाले प्रमुख प्रशिक्षकको रुपमा तालिम दिएका थिए । यसैगरि डोर बहादुर कुवर क्षेत्री र दिनेश चौहान प्रशिक्षक थिए ।

तालिम अबधीमा ईनडोर तर्फ सेटप, पुसअप, चिनअफ, हाईजंप, लङ्गजंपको प्रयोगात्मक अभ्यास प्रशिक्षक डोर बहादुर कुवर क्षेत्री गराए । त्यसै गरि अप्टेकलको बारेमा दृश्य मार्फत प्रशिक्षीत गराईएको थियो । प्रशिक्षणका कारण प्रशिक्षार्थीले शारिरीक परिक्षा तर्फको पोजिशनहरु सगै छनौट प्रक्रियामा कति पटक शारिरीक व्याम गर्नु पर्ने भन्ने बिषयमा आधारभुत जानकारीहरु प्राप्त गर्न सकेको प्रशिक्षक क्षेत्रीले बताए ।

ईन्डोर प्रशिक्षण तर्फ सामान्य ज्ञान, बौद्धिक परिक्षण, गणित, अंग्रेजी र नेपाली व्याकरण बारेको प्रशिक्षण प्रशिक्षक दिनेश चौहानले गराएका थिए । जसबाट प्रशिक्षार्थीहरुमा अध्ययनको सिप, उत्तर लेखन खण्ड, टिक मार्कमा माईनस मार्किङ्गको जानकारी, प्रश्न अनुसार समय र अंकभार सगै लामो तथा छोटो उत्तर लेख्ने सिप बिकास भएको चौहानले बताए ।

तालिममा ६ महिला सहित ७० युवाहरुको सहभागीता रहेको थियो । दोस्रो पटक प्रहरी जवान पदमा आवेदन दिएकी बुद्धभुमी नगरपालिका १० चेतरादेईकी प्रशिक्षार्थी कविता खड्काले तालिमका कारण आफुहरुको सिप बिकास सगैं आत्मबल बढेको बताईन । त्यसै गरि तेस्रो पटक प्रहरी जवान पदमा आवेदन दिएका महाराजगंज ३ का प्रशिक्षार्थी ईन्द्रदेव लोनियाले आफुले बिगतका त्रुटीहरु सुधारेर अब सफल हुनेमा बिश्वस्त रहेको बताए ।

संस्थाका अध्यक्ष समेत रहेका पुर्व प्रहरी बरिष्ठ उपरिक्षक बिक्रम सिंह थापाले यस क्षेत्रका आवेदकलाई तालिम मार्फत शारिरीक व्याममा सबल र लिखित परिक्षामा सफल बनाउने उद्धेश्यले तालिम गराईएको जानकारी दिए । देश भित्र रोजगारीको अभाव र वैदेशिक रोजगारीको बढ्दो प्रभावका बिच युवालाई मातृभुमीको संरक्षणमा योगदान पुर्याउन तालिमले सहयोग पुग्नेमा उनले बिश्वास व्यक्त गरे ।

पिछडिएको क्षेत्रमा सामाजिक संस्थाको आयोजनामा निशुल्क तालिम पहीलो पटक भएको दावी गर्दैै सुरक्षा निकायमा मधेसको सन्तुलन मिलाउन समेत तालिमको आवश्यकता हुने उनको भनाई थियो । “म प्रदेशसभा सदस्यको उम्मेदवार हुदाँ मधेसका युवामा प्रहरी प्रतिको बढि आकर्षण देखें । त्यस पछि यस्ता तालिम चलाउने प्रतिबद्धता नै गरेको थिए । जुन अहिले दुई पालिकामा शूरुवातको प्रयास गरेको छु ।” उनले भने ।

संघिय संरचनामा गएको प्रहरीको संरचनामा मधेसका युवाहरुको गणको नै आवश्यकता रहेको दर्शाउदै ति युवालाई प्रहरीमा समेट्न सकिए सुरक्षा, बिपद र आगजनी सगै शान्ति सुरक्षा कायम गर्न समेत थप सफलता मिल्ने उनले अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्