श्रृङ्गीघाट सामुदायिक वनमा प्रज्वलनशील वस्तु लिएर प्रवेश गर्न निषेध !


पालिका पत्र

७ चैत्र २०८०, बुधबार १४:०९ मा प्रकाशित


बाणगङ्गा, चैत्र ७ ।
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । वनले गर्मीयाम सुरु भएपछि आगलागीका घटना बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो । 


आम उपभोक्ताहरू विपद जन्य सामग्रीको तयारीका साथ बस्नुपर्ने बेला आएको वनका अध्यक्ष सुशील सिंह ठकुरीले बताए । उनले वनमा मात्र नभएर गाउँघरमा पनि आगलागीका घटना हुन नदिन चनाखो हुनुपर्ने बताए । वन डढेलो नियन्त्रण सप्ताह अन्तर्रगत मिडिया सँग कुराकानि गर्दै अध्यक्ष ठकुरीले यस्तो बताएका हुन् ।


उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायको सँग सहकार्य गरिएको बताए ।


‘डढेलोका कारण वन्यजन्तुको वासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ,’ उनले भने । अध्यक्ष ठकुरीले आपतकालीन यस्ता घटना हुन सक्ने भएकाले उपभोक्ताहरूलाई तयारीका साथ बस्न आग्रह गरेका हुन । 
अध्यक्ष ठकुरीले भने “वन जङ्गल प्रवेश गर्दा सलाई, लाइटर तथा प्रज्वलनशील वस्तु लिएर प्रवेश गर्न निषेध गरिएको छ ।” यस्तो भेटिएमा कानुन अनुसार कारबाही गरिने उनले बताए । 


यस्तै  सचिव शुस्मा खाँणले हरेक नागरिकले आगलागीका घटना हुन नदिन आ आफ्नो भूमिका निर्वाह गर्न आवश्यक रहेको बताइन् । उनले भनिन् कोही कतै वन प्रवेश गर्दा प्रज्वलनशील वस्तु लिएर प्रवेश गरेको थाहा पाएमा वनको कार्यालय, मिडिया तथा  प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन आग्रह गरिन् । 

प्रतिक्रिया दिनुहोस्