तिलौराकोट गोल्डकपः आज सुदूरपश्चिम र चितवन बिच खेल हुने


पालिका पत्र

२२ चैत्र २०८०, बिहीबार ११:३३ मा प्रकाशित


बाणगङ्गा, चैत्र २२। प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ । बाणगङ्गा स्थित बुद्ध रङ्गशालामा दिउसो साढे ३ बजे सुरु हुने खेलमा सुदूरपश्चिम –११ र हनामी बीएफसी चितवन प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सुदूरपश्चिमेली विभागीय टोली त्रिभुवन आर्मीलाई टाइ ब्रेरकरमा पराजित गरी सेमिफाइनलमा पुगेको टोली हो भने हनामी बीएफसीले ए डिभिजन क्लब मछिन्द्रलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । मोफसलका टोली भए पनि विभागीय र ए डिभिजन क्लबलाई हराएको हुनाले यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यो खेलको विजेताले गोल्डकपको उपाधिको लागि नेपाल पुलिससँग चैत्र २४ गते खेल्नेछ । पुलिसले उपाधिको प्रमुख दाबेदार टोली थ्री स्टार माथि १ शून्यको सङ्घर्षपूर्ण जित हासिल गरेको थियो ।

विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने आयोजक कपिलवस्तु फुटबल संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्