निष्पक्ष खबरदारी गर्न आवश्यकः उपमेयर चौधरी


पालिका पत्र

५ बैशाख २०८१, बुधबार १८:०७ मा प्रकाशित

कपिलवस्तु, वैशाख ०५ । बाणगंगा नगरपालिकाकी नगर उपप्रमुख रिता चौधरीले मिडियाबाट खबरदारी हुने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने बताएकी छन् । नव छहारी सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज बाणगंगाको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले गलत कामको खबरदारी र राम्रो कामको उजागर मिडियाको धर्म रहेको बताएकी हुन् ।

खबरदारी गर्दा सत्यतथ्य बुझेर गर्नुपर्ने उनको भनाई छ । मिडियाले सत्यतथ्य नबुझी कुनै पनि कुरा बाहिर निकाल्दा समुदायमा नराम्रो सन्देश जाने चोधरीले बताइन् । पछिल्लो समय नगरले राम्रो गरिरहेकाले खबरदारीसंगै नगरको विकासको कुरा लेख्न आग्रह गर्दै सामुदायिक रेडियो मायादेवीलाई विश्वसनीय समाचार सुचना प्रकाशन गर्न नगर उपप्रमुख चौधरीको सल्लाह छ ।

रेडियोले कोरोना कालदेखि अहिलेसम्म समुदायमा केन्द्रित रहेर खेलेको भूमिका प्रसंसायोग्य रहेको चौधरीले बताएकी थिइन् । नगरपालिकाको सिंगो टिम अहिले विकास निर्माणमा केन्द्रित रहेकोसमेत उनले जानकारी दिइन् । छहारीका अध्यक्ष कृष्ण बहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सोही कार्यक्रममै अध्यक्ष कुँवरले रेडियोलाई १० धुर जग्गा दिने घोषणा गरेका छन् । रेडियोका उपाध्यक्ष माधव भाट क्षेत्रीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्