विषादी प्रयोग : बिजयनगर र कृष्णनगरका किसानको सचेतनास्तर शून्य, सचेत मायादेवी !


९ बैशाख २०८१, आईतवार ०८:४१ मा प्रकाशित

बैशाख ९ गते । तरकारी बालीमा प्रयोग गरिने विषादीको बारेमा किसानको सचेतनास्तर कपिलवस्तुका १० पालिकामध्ये बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिका ज्यादै कमजोर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ अन्तर्गतको सामुदायिक प्रतिवेदन अनुसार विषादी प्रयोगको बारेमा बिजयनगर र कृष्णनगर पालिकाका किसानको सचेतनास्तर शून्य रहेको पाइएको छ । हालै सार्वजनिक सामुदायिक प्रतिवेदन अनुसार कृष्णनगर नगरपालिकाका शतप्रतिशत किसान आंशिक सचेत रहेको तथ्याङ छ ।

मायादेवी गाउँपालिकाका किसान भने जिल्लामै सबैभन्दा बढि सचेत रहेको तथ्याङ्कले देखाएको छ । मायादेवीका शतप्रतिशत किसान विषादी प्रयोगमा सचेत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो जिल्लामै सबैभन्दा बढि प्रतिशत हो । समग्र कपिलवस्तुका भने जम्मा ३०.८ प्रतिशत किसान मात्र सचेत रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा आंशिक सचेत ६४.८ प्रतिशत र ४.४ प्रतिशत किसान सचेत नभएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले ६ वैशाख २०७९ देखि १९ जेठ २०७९ सम्म ४५ दिन ’फिल्ड’ मै पुगेर कृषि गणना गरेको थियो । सोही समयमा गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष वा सचिवमार्फत अन्तरर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्यांक संकलन गरिएको थियो ।
बाणगंगा नगरपालिकाका ६६.७ प्रतिशत सचेत र ३३.३ प्रतिशत आंशिक सचेत रहेको तथ्याङ्क छ । बुद्धभूमिमा ४० प्रतिशत सचेत, ६० प्रतिशत आंशिक सचेत भएको तथ्याङ्क छ । शिवराजका २० प्रतिशत सचेत, ८० प्रतिशत आंशिक सचेत भएको पाइएको छ ।

बिजयनगर गाउँपालिकाका शून्य किसान सचेत छन् भने ८५.७ प्रतिशत आंशिक सचेत र १४.३ प्रतिशत किसान सचेत नभएको पाइएको छ । कृष्णनगरका सचेत किसान शून्य छन् भने शत प्रतिशत आंशिक सचेत रहेको तथ्याङ्क छ ।

महाराजगंज नगरपालिकाका १८.२ प्रतिशत किसान सचेत छन् भने ६३.६ प्रतिशत किसान आंशिक सचेत र १८.२ प्रतिशत सचेत किसान नै छैनन् । कपिलवस्तु नगरपािलकाका २५ प्रतिशत सचेत, ७५ प्रतिशत आंशिक सचेत भएको तथ्याङ्क छ । यशोधरा गाउँपालिकाका १२.५ प्रतिशत किसान सचेत रहेका छन् भने ८७.५ प्रतिशत आंशिक सचेत भएको किसान पालिका क्षेत्रमा रहेको तथ्याङ्क प्रतिवेदन मार्फत सार्वजनिक गरिएको छ ।

मायादेवी गाउँपालिकामा शत प्रतिशत किसान सचेत रहेको पाइएको छ । शुद्धोधन गाउँपालिकाका ३३.३ प्रतिशत किसान सचेत छन् भने ५० प्रतिशत किसान आंशिक सचेत र १६.७ प्रतिशत किसान सचेत नभएको तथ्यांकमा देखाइएको छ ।

प्रतिवेदन अनुसार जिल्लामा कृषि कामदारका रुपमा काम गर्ने महिला पुरुषले न्यूनतम समान ज्याला समेत पाउने नगरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाको १० पालिकामा गरिएको सर्वेक्षणका आधारमा महिला कामदारले औषत ५ सय ११ र पुरुषले ५ सय ५९ पाउने गरेको तथ्याङ्क छ ।

सर्वेक्षण अनुसार बाणगंगामा सबैभन्दा बढि दैनिक औषत ज्याला महिलाले ५ सय ६१ र पुरुषले ७ सय २८ पाउने गरेका छन् । सबैभन्दा कम कृष्णनगर नगरपालिकामा महिलाले ४ सय २५ र पुरुषले ५ सय २० पाउने गरेका छन् ।

समतामूलक पारिश्रमिकको अवधारणा अनुरुप मायादेवी गाउँपालिका र बिजयनगर गाउँपालिकाले महिला तथा पुरुषले समान ज्याला पाउने गरेका छन् । मायादेवीमा समान ५ सय २५ र बिजयनगरमा ५ सय २१ रुपैया ज्याला कायम गरिएको तथ्यांकले जनाएको छ ।
बुद्धभूमिमा महिलाले ५ सय २० र पुरुषले ५ सय ६० पाउने गरेको पाइएको छ ।

शिवराज नगरपालिकाका महिलाहरुले ५ सय ३५ रुपियाँ पाउने गरेका छन् भने पुरुषले ५ सय ५५ रुपियाँ औषत ज्याला पाउने प्रतिवेदनमा उल्लेख छ । कृष्णनगरका महिलाले ४ सय २५ र पुरुषले ५ सय २० रुपियाँ पाउने गरेका छन् ।

कपिलवस्तु नगरपालिकाका महिलाले ५ सय ३८ र पुरुषले ५ सय ९२ रुपैया, महाराजगंजका महिलाले ४ सय ८२ र पुरुषले ५ सय ९ रुपैया, यशोधरामा महिलाले ४ सय ६३ र पुरुषले ५ सय, तथा शुद्धोधनका महिलाले ५ सय ५३ र पुरुषले ५ सय ६९ रुपियाँ औषत ज्याला पाउने गरेको सार्वजनिक प्रतिवेदनमा लेखिएको छ ।

कपिलवस्तुमा कृषकको बालीमा नोक्सानी पु¥याउने प्रमुख जनावरहरुमा बाँदर र बँदेल अग्रस्थानमा रहेको तथ्याङ्कले देखाएको छ । यी दुई पश्चात् क्रमशः स्याल, मृग, दुम्सी, बन बिरालो, लोखर्के, मृग, र सबैभन्दा कम नोक्शासन गर्ने जनावर बाघ÷चितुवा, हात्ती र भालु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै जिल्लामा छाडा (सामुदायिक) कुकुरको संख्या २३ हजार ३८५ रहेको तथ्याङ्कले देखाएको छ । यो संख्यालाई प्रतिवेदनमा अनुमानित भनिएको छ । घरपालुवा कुकुरको संख्या भने ३ हजार ८ सय ७७ रहेको अनुमान सार्वजनिक गरिएको छ । जिल्लाभरमा छाडा चौपाया ३ हजार ७ सय ८७ रहेका छन् ।

जिल्लाको १० पालिका मध्ये महाराजगंज नगरपालिकामा सबैभन्दा बढि छाडा पशुको संख्या रहेको देखिएको छ । महाराजगंजमा ५ सय १५ छाडा पशुको संख्या रहेको छ भने सबैभन्दा कम बिजयनगरमा २ सय ७० वटा रहेको तथ्याङ्क छ ।

कपिलवस्तुमा पशु तथा पशुपंक्षीसम्बन्धी किसानहरुले जानकारी पाउने प्रमुख माध्यम एग्रोभेट रहेको पाइएको छ । त्यसपश्चात क्रमशः रेडियो र अनुभवी कृषक तथा बिज्ञसंग छलफल, वेबसाइट÷इन्टरनेट, टेलिफोनबाट, टेलिभिजन, सरकारी कृषि तथा पशु सेवा केन्द्रबाट, मोबाइल एप र पत्रपत्रिकाबाट थाहा पाउने गरेको तथ्याङ्क छ ।

शिवराज नगरपालिकाका किसानले सबैभन्दा बढि रेडियोबाट जानकारी पाउने गरेका छन् कपिलवस्तु नगरपालिकामा सबैभन्दा बढि वेबसाइट÷इन्टरनेटबाट थाहा पाउने र पत्रपत्रिकाको अनुपात भने ज्यादै कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्