कपिलवस्तु मालपोतका सुब्बा घुस सहित पक्राउ


पालिका पत्र

२४ बैशाख २०८१, सोमबार १८:१५ मा प्रकाशित

कपिलवस्तु, वैशाख २४ ।
कपिलवस्तु मालपोत कार्यालय तौलिहवाका सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।

सुब्बा खनाललाई रु ३० हजार नगद घुस सहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

मालपोत कार्यालयका नायब सुब्बाले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घुस लिँदा लिदै पक्राउ गरेको हो ।

तौलिहवा स्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाट खनाललाई पक्राउ  गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्