शितगंगामा चालु आर्थिक वर्षका योजनाहरू अन्तिम चरणमा, अनुगमनमा तिव्रता


पालिका पत्र

२१ जेष्ठ २०८१, सोमबार ०८:११ मा प्रकाशित

शितगंगा ।

शितगंगा नगरपालिकाले चालु आर्थिक वर्षका योजनाहरू सम्पन्न गर्ने क्रममा छन । नगरपालिकाको बजेटबाट हाल २ वटा सडक कालोपत्रे नगरकै गौरवको आयोजनाको रुपमा छन हाल अमराई पाखेडाँडा जुकेना सडकको केही भाग सडक कालोपत्रेको काम हुँदै छ भने भेडामारा सिमलपानी सडकको केही माग कालोपत्रे हुँदै छ भने केही स्थानमा आरसिसि ढलान तथा पक्की नाली लगायतका योजनामा तिव्र रुपमा काम भइरहेको छन । शितगंगा नगरपालिकामा ६ सय बढी योजना छन अधिकांश योजना असार लाग्दा सकिने हुँदा प्राविधिक जनशक्ति कमी रहेकोले अनुगमन लगायतका काममा कष्ट हुने गरेको इन्जिनियर विवेक केसीले बताउनु भयो अहिले प्राविधिकहरूले बिदाको दिन समेत मूल्यांकन तथा अनुगमन तथा नापजाँच गरिरहेको इन्जिनियर नारायण पाण्डेले बताउनु भयो ।

ठुलो भूगोल भएकोले एकै दिन धेरै योजना सम्म पुग्न समस्या हुने गरेको प्राविधिकहरूको गुनासो छ । अधिकांश योजना आर्थिक वर्षको अन्त्यमा हुने हुँदा पनि अन्तिम समयमा कामको लोड बढी हुने गरेको प्राविधिकहरूको भनाइ छ । नगरपालिकाले अधिकांश योजनाहरू सम्पन्न गर्ने योजना छ । आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गर्ने समय आएकोले पुराना योजनाहरू समयमै सम्पन्न गर्न योजना शाखाले समेत उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्