शितगंगामा विपत प्रतिकार्य योजना निर्माणका लागि छलफल


पालिका पत्र

२१ जेष्ठ २०८१, सोमबार ०८:१७ मा प्रकाशित

शितगंगा ।

शितगंगा नगरपालिकाले मनसुनजन्य विपत प्रतिकार्य योजना निर्माणका लागि छलफल गरेको छ । नगरपालिकाको नगर विपत समिति, राजनैतिक दलका प्रतिनिधि ,जनप्रतिनिधिहरूले नगर स्तरीय विपत प्रतिकार्य योजनाका बारे छलफल गरेका हुन । यस वर्षको मनसुन भित्रिने समय भएको र गतवर्ष भन्दा बढि पानी पर्ने सम्भावना समेत रहेकोले शितगंगा नगरपालिकाले विपतको पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनु भयो । जिल्ला विपत समितिमा पठाउने गरी छलफल गरिएको हो छलफलमा सहभागीहरूले शितगंगा नगरपालिकामा सम्भावना रहेको जोखिम र त्यसबाट वच्न सक्ने पुर्व तयारीका बारेमा जानकारी गराएका थिए ।

शितगंगा नगरपालिकामा करिव एक सय घरमा मनसुन जन्य विपतबाट घरहरूमा पूर्ण क्षति हुने अनुमान गरिएको छ भने आशिंक रुपमा दुई सय बढि घरमा क्षतिहुने अनुमानका साथ पुर्व तयारी र उद्धारका सम्भावित क्षेत्रको बारेमा टिपोट गरिएको छ । साथै दश ओटा स्कुलमा , दर्जनौँ सडकहरूमा क्षतिहुने अनुमान नगरपालिकाले विपत प्रतिकार्ययोजनामा राखेको छ । नगरपालिकाले उद्धार राहत मा सहयोगी संस्थाहरू लाई समेत सहकार्य गराएर कम क्षतिहुने र समयमै राहत पाउने गरि खट्ने योजना तयार पारेको छ । कार्यक्रममा नगर प्रमुख छविलाल पौडेल, उपमेयर गीता भाट वडा अध्यक्षहरू विभिन्न संघ संस्थाका प्रतिनिधहरुले विभिन्न सुझाव पेस गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्