बिबिए पढाई अब सदरमुकाम स्थित बुद्धज्योती क्याम्पसमै


२१ श्रावण २०८१, सोमबार २०:३७ मा प्रकाशित

साउन २१ गते । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित बुद्धज्योती क्याम्पसले यसै वर्षदेखि शैक्षिक कार्यक्रम बिबिए सञ्चालन गर्ने भएको छ । सदरमुकाममै पहिलो पटक बुद्धज्योतीले बिबिएको कक्षा सञ्चालनको तयारी गरेको हो ।

शैक्षिक बेरोजगारीले विद्यार्थीमा नैराश्यता बढ्दै गएको अवस्थामा विश्व बजारको माग अनुसार बिक्ने जनशक्ति उत्पादनको उद्देश्यले बिबिए कार्यक्रम सुरु गरिएको क्याम्पस प्रमुख प्रकाश गैरेले जानकारी दिए । बिबिए भर्नामा हुनका लागि क्याम्पसले छिट्टै आवेदन फारम बितरण समेत सुरु गर्ने तयारी गरेको छ ।

कपिलवस्तु सहित अर्घाखाँची, दाङ, प्युठान देखी र अन्य जिल्लाका विद्यार्थीहरुले समेत आवेदन फारम भर्न सक्ने क्याम्पसले जनाएको छ । क्याम्पसले भने बिबिए पढ्न सक्ने क्षमता भएका स्थानीय विद्यार्थीहरुलाई बढी प्राथमिकता दिने बताएको छ ।

यस वर्ष बिबए अध्ययनका लागी ४८ जनाको कोटा रहेको छ । राजर्षी जनक बिश्व बिद्यालयबाट बिबिएको अनु्मति पाएपछि शैक्षिक सत्र २०८१ बाटै सो बिषयको पढाई सुरु हुने भएको हो ।

दक्ष जनशक्ति र आवश्यक पुर्वाधारको तयारीमा क्याम्पस लागेको छ । कक्षाकोठा र कम्प्युटर रुममा एसी जडान गरिने क्याम्पस प्रमुख गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्