बाणगङ्गाका दर्जनौं व्यवसाय डुबानमा, करोडौँको क्षति


पालिका पत्र

४ भाद्र २०८१, मंगलवार १६:१९ मा प्रकाशित


रुविना कडेल, ०४ भदौ ।
कपिलवस्तुको बाणगङ्गाको मुख्य वजार क्षेत्र डुबानमा परेको छ । बिहानै देखी परेको भीषण वर्षाले  बाणगङ्गाको मुख्य वजार क्षेत्र चारनम्बर, बैरीया, पिपरा, बोर्डगाँउका विभिन्न स्थान डुबानमा परेका छन् । डुबानले धनमालमा क्षति पुर्याउदाँ करोडौँको नोक्सानी भएको बताईएको छ ।  मुख्यगरी अण्डर ग्राउन्ड गोदाम गरिएका व्यवसायीलाई क्षति पुगेको छ । केही घर गोठहरुपनि डुबानमा परेका छन् ।


बाणगङ्गाका अधिकांश स्थानहरू अहिले डुबानमा परेका छन । अव्यवस्थित बसोवास र अव्यवस्थित विकास निर्माणका कारण चारनम्बर क्षेत्रमा डुबान भएको जनाईएको छ । 

मुख्यत जानकारीमा आए अनुसार सरू साइकल स्टोर, महाशक्ति मार्बल, पिपराको प्रकाश मोबाइल सेन्टर, मामा रनर टेड, धुव्रतारा होटल, ओएसिस सिनेमा हल, हिरो स्वरुम, अनु सप्लायर्स, लुम्बिनी पार्टी प्यालेस, सुभ न्यौपाने कपडा पसल र फर्निसिङ, नमुना फर्निचर लगायतका पसल सहित यस क्षेत्रमा भएको डुबानका कारण करोडौँको क्षति भएको व्यवसायीहरूले पालिका पत्रलाई बताएका छन । 

कपिलवस्तुमा सहित विभिन्न जिल्लामा रातिदेखि नै भारी वर्षा भैरहेको छ । जिल्लाको बाणगङ्गा र कोइली खोलाले जोखिम तह पार गरेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्