कृष्णनगर क्वारेन्टाइन : हाकिम नै अवैध असुलीमा संलग्न रहेको खुलासा !


१७ भाद्र २०८१, सोमबार १७:२४ मा प्रकाशित

भदाै १७ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नाका हुँदै नेपालतर्फ आयात हुने प्लान्टजन्य वस्तुहरूको क्वारेन्टाइन प्रक्रियामा संलग्न प्रमुख नै अनेक गैरकानूनी क्रियाकलापमा संलग्न रहेको खुलासा भएको छ । स्थानीय व्यवसायीहरूका अनुसार, क्वारेन्टाइन प्रमुख बुद्धिराम भट्टराईले नै नियमित रूपमा सेवाग्राहीहरूसँग घुस रकम माग्ने गरेका छन् ।

उनले भारतबाट नेपालतर्फ आयात हुने साग-सब्जी, फलफूल, तरकारी र अन्य खाद्यान्न लगायतका प्लान्टजन्य वस्तुहरूको विषादी परीक्षणमा सहजता पुर्याउने भन्दै रकम बार्गेनिङ गर्ने गरेको स्थानीय व्यवसायीहरूको गुनासो छ ।

यस प्रकारको अनुचित क्रियाकलापका कारण व्यवसायीहरू बाध्य भई क्वारेन्टाइन प्रमुखलाई राजश्व भुक्तानीको अतिरिक्त थप रकम दिनुपरेको बताइएको छ। उनले व्यवसायीहरूलाई पारिश्रमिक भुक्तानी नगर्ने र कारोबार नगर्ने धम्की समेत दिने गरेका छन् ।

यद्यपि, क्वारेन्टाइन प्रमुख भट्टराईले यस्ता आरोपहरूलाई अस्वीकार गर्दै भने,- ‘भ्रष्टाचारमुक्त र प्रभावकारी क्वारेन्टाइन प्रक्रिया कायम गर्न प्रयास गरेको दाबी गरेका छन् ।’ तर, उनले व्यवसायीसँग गाडी जाँच पास गर्दा रकम बार्गेनिङ गर्ने गरेको प्रमाण फेला परेको छ ।

व्यवसायीले तोकेको रकम भन्दा कम रकम दिएपछि भट्टराईले बाँकी भुक्तानी गर्न समेत आग्रह गर्ने गरेका छन् । व्यवसायीले रकम कम दिएपछि भट्टराईले उल्टै आफूले आगामी दिनमा कारोबार नगर्ने र रकम फिर्ता लैजान चेतावनी दिने गरेका छन् ।

उनले गाडीको सामान अनुसार व्यवसायीसँग रकम बार्गेनिङ गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्