बाणगङ्गाको जनज्योति मा.वि.मा शिक्षक सरुवा प्रक्रियामा अनियमितताको आरोप, विद्यालय प्रशासनमा तालाबन्दी


पालिका पत्र

१६ आश्विन २०८१, बुधबार २१:५६ मा प्रकाशित

बाणगङ्गा, असोज १६ । बाणगङ्गा नगरपालिका स्थित जनज्योति माध्यमिक विद्यालयमा शिक्षक सरुवा प्रक्रियामा अनियमितताको विरोध गर्दै तालाबन्दी गरेका छन्। स्थानीय समाजसेवी शेषकान्त बेल्बासेका अनुसार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र  गिरीले नियमविपरीत शिक्षक सरुवामा सहमति गरेको र समितिका अन्य सदस्यहरूलाई बिना जानकारी जबरजस्ती हस्ताक्षर गराएको आरोप लगाएका छन्।

विद्यालयका निमित्त प्राचार्य नारायण घिमिरेले समितिको बैठकमा शिक्षा नियमावलीअनुसार कार्य नगरेको बताए। गिरीले विद्यालयको लेटर प्याड र छापको दुरुपयोग गरेर शिक्षक नियुक्ति प्रक्रियामा हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।

२०८१ भदौ १२ गते माध्यमिक तहको नेपाली विषय शिक्षक बसन्ती घिमिरे शर्मालाई सरुवा गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरिएको थियो। गिरीले शिक्षक सरुवा निर्देशिकाको नियम पालना नगरी एकलौटी निर्णय गरेको स्थानीयको आरोप छ।

विद्यालय व्यवस्थापन समितिका केही सदस्यले सरुवा सहमति रद्द गर्न माग गर्दै प्रशासनमा तालाबन्दी गरेका छन्। यसले गर्दा विद्यालयको प्रशासनिक कार्य ठप्प भएको छ भने पठनपाठन भने सुचारु रहेको छ।

यस बिषयमा शिक्षा तथा समन्य ईकाइ कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेलाई बुझ्दा शिक्षा नियमावलीमा टेकेर गरेको हुनु पर्छ । माथिको निर्णय आएको हो हामीले विद्यालयको माग अनुसार सिफारीस चाहि गर्दिएका हौ उनले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीको जवाफले आर्थिक चलखेलको शङ्का उत्पन्न गरेको छ।  स्थानीय समाजसेवी शेषकान्त बेल्बासे लगायतका सदस्यहरूले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्