स्वदेशी फूलको प्रयोग गर्न मालारानी–९ का अध्यक्ष खनालको आग्रह


पालिका पत्र

१३ कार्तिक २०८१, मंगलवार १४:१९ मा प्रकाशित

लक्ष्मी खनाल, कार्तिक १३ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ९ ले प्लास्टिकका फूलगुच्छा र माला प्रयोग नगर्न अनुरोध गरेको छ। वडा अध्यक्ष महेन्द्र बाबु खनालले प्लास्टिक माला प्रयोगलाई निरुत्साहित गर्दै तिहार र छठ जस्ता चाडपर्वमा वातावरणीय प्रदूषण र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने कारणले यो कदम उठाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार प्लास्टिकका मालाले स्थानीय किसानले उत्पादन गरेको फूलले बजार नपाउने र आर्थिक रकम बाहिरिने समस्या हुने गरेको छ। वडा अध्यक्षले स्थानीय किसानद्वारा उत्पादन गरिएका सयपत्री, मखमली जस्ता स्वदेशी फूलको प्रयोग गर्न वडा वासीलाई आग्रह गर्नुभएको छ।

वडा अध्यक्ष खनालले चाडपर्वलाई फजुल खर्च बिना पारिवारिक भेटघाट र सांस्कृतिक परम्परा जगेर्नाको अवसरका रूपमा लिनसमेत आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्