कपिलवस्तु, मंसिर २ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा १० दलले मनोनयन दर्ता गराएका छन् । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्धारित समयसिमा भित्र १० दल र चार स्वतन्त्र सहित १४ जनाले मनोनयन दर्ता गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार कांग्रेसबाट दिनेश कुमार यादव, नेकपा एमालेबाट मोहम्मद ताहिर मुसलमान, नेकपा (माओवादी केन्द्र) बाट रफि मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अवधेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इनताज अहमद धोवी, जनमत पार्टीबाट सीताराम पटेल (कुर्मी), जनता समाजवादी पार्टीबाट रमेश कुमार पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट सुर्य कुमार चौधरी थारु, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट सुब्बा थारु, र जनता समाजवादी पार्टी, नेपालबाट राम बहादुर कुर्मी (चौधरी)ले मनोनयन दर्ता गराएका हुन् ।
यसैगरि, स्वतन्त्र उम्मेद्वारका रुपमा अब्दुल मुजीद मुसलमान, सर्वजीत मल्लाह, अब्दुल अब्बल फकिर र पुजारी थारुले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी अमर बहादुर वलीले बताएका छन् ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तिलकराम यादवको गत ८ असोज २०८१ मा उपचारको क्रममा दिल्लीको एपोलो अस्पतालमा निधन भएको थियो ।