‘लिजा’ सार्वजनिक गर्ने बुद्धभूमि बन्यो नेपालकै पहिलो पालिका


२१ मंसिर २०८१, शुक्रबार १०:२७ मा प्रकाशित

कपिलबस्तु, मंसिर २१ गते । कपिलबस्तुको बुद्धभूमि नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गर्ने देशमै प्रथम भएको छ । लिजा अनुसार गत बर्षको कामको स्वमुल्यांकन चालु आर्थिक बर्षको पुस मसान्त भित्र गर्नु पर्ने प्रावधान छ ।

जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीका अनुसार बुद्धभूमिले मंसिर २१ गते स्वमुल्यांकन नतिजा सार्वजनिक गरेर देशमा रहेका ७ सय ५३ स्थानिय तहमा नजिता प्रकाशन गर्ने पहिलो पालिका बनेको बताए । बुद्धभूमीले लिजाको नतिजा प्रकाशन गरेर आफुहरुलाई जानकारी समेत पठाएको उनले बताए । बुँदागत रुपमा प्रतिक्रिया समेत दिएको उनले पालिकापत्रलाई बताए ।

मुलुकभरका सात सय ५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमुल्याङकनको रुपमा नतिजा पठाउनु पर्ने संवैधानिक नियम छ । सार्वजनिक भएको स्वमुल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८६.५ अंक प्राप्त गरेको छ ।

गत बर्ष भन्दा यस बर्ष भने बुद्धभुमी नगरपालिकाले नम्बरमा समेत सुधार गरेको प्रमुख प्रशाकीय अधिकृत चुरामणी पन्थीले बताए । गत बर्ष गरेको कामको स्वमुल्यांकन गर्न बिभिन्न १० वटा क्षेत्रका कुल सय वटा सुचक रहेका छन् । त्यही आधारमा नम्बर दिन पाइन्छ ।

२१ गते नगरपालिकाले नतिजा प्रकाशित गरि देशकै पहिलो लिजा सार्वजनिक गर्ने स्थानीय तह बनेको नगरपालिकाका सूचना अधिकारी विमर्श खनालले जानकारी दिए ।

यता, बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिकामा जनतालाई प्रभावकारी सेवा दिन र उत्कृष्ठ बनाउन आफुहरु लागी परेको बताए । उनले स्वमुल्यांकनको नतिजा प्रकाशन गर्ने आफ्नो पालिका मुलुकमै प्रथम भएकोमा खुशी ब्यक्त गरे । आफ्नो पालिकालाई खुशी र समृद्ध पालिका बनाउन लागी परेको बताए ।

स्वमुल्यांकन पनि समयमै पठाएको तर पहिलो हुने ठानेर नपठाएको जनाउँदै नगर प्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्