स्थानीय तहको एकल अधिकार : थपियो एम्बुलेन्स र दमकल सञ्चालन


पालिका पत्र

३ माघ २०८१, बिहीबार १४:५९ मा प्रकाशित

माघ ३ गते । सरकारले हालै जारी भएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । 

उक्त अध्यादेशले स्थानीय तहको एकल अधिकारमा एम्बुलेन्स र दमकल सञ्चालन र व्यवस्थापन गर्ने बुँदा थपिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गर्दै सो अधिकार थपिएको हो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (न) को उपखण्ड (११) पछि (११क)मा एम्बुलेन्स, वारूणयन्त्रको सञ्चालन तथा व्यवस्थापन गर्ने अधिकार थपिएको छ । यससँगै स्थानीय तहका एकल अधिकारको सूचीको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्