भविष्यमा भूमि समस्या नदोहरिने गरी समाधान गर्छौः अध्यक्ष पोखरेल


११ माघ २०८१, शुक्रबार ०६:२३ मा प्रकाशित

बाणगंगा, माघ ११ ।

भूमि सम्बन्धी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले भूमि समस्या समाधानको कार्यलाई बाणगंगा नगरपालिकाबाट नै सुरु गरिने घोषणा गरे । उनका अनुसार अन्य पालिकाहरुमा पर्याप्त तयारी नभएकाले यो कार्यका बाणगंगा बाट नै हुने बताए । पोखरेलले बाणगंगामा यसअघि भएका प्रगतिहरूका कारण यो सम्भव भएको उल्लेख गरे। पोख्रेलले बाणगंगा नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमा यस्तो बताएका हुन् ।

पोखरेलले आयोगका अन्य सदस्यहरू अझै नियुक्त नभएका कारण कार्य अघि बढाउन ढिलाइ हुन सक्ने चिन्ता व्यक्त गरे। यद्यपि, उनले यस चुनौतीका बाबजुद समस्या समाधान कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । उनले भने “भूमि सम्बन्धी समस्या यस्तो रूपमा समाधान गरिनेछ, जसले आगामी दिनमा पुनः समस्या उत्पन्न नहोस् ।”

पोखरेलले स्पष्ट रूपमा निर्देशन दिएको उल्लेख गर्दै भने, “हामी यो समस्या समाधान गर्दा यस्तो व्यवस्था गर्नेछौं कि भविष्यमा यो समस्या दोहोरिन नपरोस् । दीर्घकालीन समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” अध्यक्ष पोखरेलले सबै तहका जनप्रतिनिधि, कर्मचारी, र स्थानीय समुदायलाई एकताबद्ध भएर यो महत्त्वपूर्ण कार्यमा सघाउन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्