माघ २३ गते । कपिलवस्तुका बरिष्ठ साहित्यकार एवम् समाजसेवी हरिराज शर्मा अर्याल हराशले राष्ट्रिय सामाजिक अवार्ड पाएका छन् ।
सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले शर्मालाई अवार्ड प्रदान गरेकी छन् ।
कपिलवस्तुमा रहेर विगत ५ दशकदेखि शैक्षिक, सामाजिक र साहित्यीक क्षेत्रको ओज श्रीवृद्धि गरि समाजमा सकारात्मक रुपान्तरणका लागि अनवरत रुपमा समर्पित भएकोमा सम्मान स्वरुप राष्ट्रिय अवार्डका लागि चयन गरिएको जनाइएको छ।
सिजनले अवार्ड प्रदान गर्दै भनेको छ, ‘अवार्ड प्रदान उहाँको समाजप्रतिको गहिरो समर्पण, सकारात्मक परिवर्तनका लागि गरिएको अथक प्रयास र निरन्तर सेवाभावको उच्च मूल्यांकन हो।’