शुद्धोधन गाउँपालिकामा प्रतिबन्धित कुखुराको अण्डा तथा मासु बिक्री वितरणमा रोक


३० माघ २०८१, बुधबार २०:१२ मा प्रकाशित

माघ ३० गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अवैध रूपमा प्रतिबन्धित कुखुराको अण्डा र मासुको बिक्री वितरणमा पूर्ण रोक लगाएको छ । गाउँपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै सेतो अण्डा र मांगुर जातको माछाको बिक्री वितरण तथा स्थानीय उपभोगमा समेत रोक लगाइएको जनाएकाे हाे ।

यसैलाई मध्यनजर गर्दै गाउँपालिकाले क्षेत्रभित्रका सबै होटल तथा ठेलाहरूमा यस्ता प्रकारका अण्डा, माछा तथा तिनबाट तयार पारिएका परिकारहरूको बिक्री वितरण र प्रचार प्रसार जस्ता कार्य १५ दिनभित्र पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।

तोकिएको समयावधिभित्र यस्ता गतिविधिहरू पूर्ण रूपमा बन्द नभएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी दिइएको गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी कुर्मीले जनाए । अनुगमनका क्रममा फेला परेका यस्ता अण्डा तथा माछाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्