
फागुन ६ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा सर्वाधिक अङ्क ल्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि अनुसार यस जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिका गरी १० स्थानीय तहमध्ये विजयनगरले सर्वोत्कृष्ट अङ्क ल्याएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सार्वजनिक भएको हालसम्मको नतिजा अनुसार विजयनगर गाउँपालिकाले ९५ प्रतिशत अङ्क ल्याएको छ । विजयनगर गाउँपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १५ र राजस्व व्यवस्थापनमा १४ दशमलव ५ अङ्क ल्याएका हुन् ।
एफआरएमा दोस्रो भएको बाणगंगा नगरपालिकाले ९३ प्रतिशत अङ्क ल्याएको छ । यस नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २० दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २६, लेखाङ्कन तथा प्रतिवेदनमा १६, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १५ र राजस्व व्यवस्थापनमा १५ दशमलव ५ अङ्क ल्याएको हो ।
तेस्रो स्थानमा रहेर बुद्धभूमि नगरपालिकाले ८२ प्रतिशत अङ्क ल्याएको छ । यस नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २०, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २३ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १५, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १२ र राजस्व व्यवस्थापनमा ११ दशमलव ५ अङ्क ल्याएको हो ।
चौथो बनेको कृष्णनगर नगरपालिकाले ७६ दशमलव पाँच प्रतिशत अङ्क ल्याएको छ । यस नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २३, लेखाङ्कन तथा प्रतिवेदनमा १५, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ९ र राजस्व व्यवस्थापनमा १४ दशमलव पाँच अङ्क ल्याएको हो ।
पाँचौ स्थानमा रहेको शिवराज नगरपालिकाले ७६ प्रतिशत अङ्क ल्याएको छ । जसमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २०, कार्यान्वयन क्षमता तथा व्यवस्थापन १९ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १४, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ९ दशमलव ५ र राजस्व व्यवस्थापनमा १३ अङ्क ल्याएको हो ।
यस्तै, महाराजगंज नगरपालिकाले ६९ दशमलव पाँच प्रतिशत अङ्क ल्याएको छ । जसमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १७, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २२ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १२, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ६ र राजस्व व्यवस्थापनमा १२ अङ्क ल्याएको हो ।
कपिलवस्तु नगरपालिकाले ५९ दशमलव पाँच प्रतिशत अङ्क ल्याएको छ । जसमा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १२ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन १७ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा ११, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ६ दशमलव ५ र राजस्व व्यवस्थापनमा १२ अङ्क ल्याएको छ ।
यस्तै, यसोधरा गाउँपालिकाले ५७ दशमलव पाँच प्रतिशत अङ्क ल्याएको छ । यसोधराले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १५ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन १३ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १२, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ६ र राजस्व व्यवस्थापनमा १० दशमलव पाँच अङ्क ल्याएको सार्वजनिक नतिजामा उल्लेख छ ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्नका लागि स्थानीय वित्तीय सुशासन जोखिम मूल्याङ्कन हुने विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए ।
योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरिक्षण र राजस्व व्यवस्थापन गरी पाँच वटा विषय क्षेत्रका ११८ वटा सूचकहरूमा १०० पूर्णाङ्कमा स्थानीय तहको मूल्याङ्कन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि गरी आव २०७७र०७८ देखि स्थानीय तहको मूल्याङ्कन गरिएको हो ।
कार्यविधिको दफा ७ बमोजिम स्थानीय तहले पुस मसान्तसम्म मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ । यस वर्ष पुस मसान्तसम्म सिस्टममा समस्या आएको हुँदा मन्त्रालयले माघ मसान्तसम्म मूल्याङ्कन गर्न थप गरेको थियो । स्थानीय तहले स्वमूल्याङ्कन गरेर जिल्ला समन्वय समितिमा पठाउने व्यवस्था रहेको र प्राप्त पृष्ठपोषणको आधारमा जिल्ला समन्वय समितिबाट अन्तिम नतिजा प्रकाशन हुने व्यवस्था छ ।
स्थानीय सरकार आफूले सम्पादन गरेका कार्यविधिले तोकेबमोजिमका क्रियाकलापहरूको प्रमाणित कागजात पेस गरी मूल्याङ्कन गर्न सकिने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
