
फागुन २१ गते । कपिलवस्तु नगरपालिकाको १७औं नगर सभा (हिउँदे सभा) सम्पन्न गरिएको छ । सभाले बिनियोजन ऐन २०८१ लाई संशोधन समेत गर्न बनेको पुरक बिनियोजन बिधेयकलाई नगर उप प्रमुख सुनिता गुप्ताले पेश गरेकी थिईन । जुन बिधेयक नगरसभाद्धारा सर्वसहमत रुपमा पास भएको छ । यस्तै, बिभिन्न शीर्षक गरी साढे ८ करोडको संशोधित अनुमानित बजेट समेत प्रस्तुत गरिएको थियो ।
१७ औं नगर सभामा बोल्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तु नगरपालिकामा विकासको गतिलाई तीब्र बनाईने बताएका छन् । उनले आफ्नो पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।
यसैगरि, उनले नगरपालिका निःशुल्क शिक्षा र स्वास्थ्य विमाको रकममा आधा रकम नगरले दिएको बताए । भिक्षु चोक देखि बिजगौरी सम्म बाटो पक्की बनेको, नगर भित्र अधुरा रहेको बाटो घाटो निर्माणका काम समेत गरिएको उनले बताए । उनले नगरको विकास नै आप्mनो प्रमुख ध्येय रहेको भन्दै यसमा सबैले साथ दिन आग्रह गरे । विकासमा सबैले हातोमालो गर्नुपर्ने र अब सबै मिलेर जानु पर्ने उनले बताए ।
सो अवसरमा वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले नगरपालिकामा सबै मिलेर अघि बढनु पर्ने बताए । उनले कर्मचारीले खाईपाई आएको सुबिधा कटौती गर्न नहुने बताए । उनले सबैले अब नगरपालिकाको कामलाई परिणाम मुखी बनाउनु पर्ने बताए ।
सो अवसरमा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले नगरपालिकाको कामलाई अब तिब्र गतिमा अघि बढाउनु पर्ने बताए । उनले काम मिलेर काम गर्नु पर्ने बताए । कार्यक्रममा वडा नम्बर ४ का सदस्य रामबृक्ष यादव लगायतले समेत मिलेर जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, वडाध्यक्षहरु मोहम्मद जाहिद खां, अशोक कुमार गुप्ता, रविन्द्र प्रताप तिवारी, दिरेप कुमार चौधरी, रामजित कुर्मी, इन्द्रमणि कुर्मी, शिव कुमार पाण्डेय, दिपक गुरुगं, राम गोपाल यादव र इन्सान अलि धुनिया, कार्यपालिका सदस्य, वडा सदस्य लगायतका सहभागीता थियो ।