कपिलवस्तु–१ मा ‘कामले बोल्ने’ उम्मेदवार कृष्ण बहादुर कुवर, घोषणाभन्दा योगदान भारी


पालिका पत्र

15 January, 2026 9:58 am मा प्रकाशित

कपिलवस्तु, ०१ माघ । निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । तर भीडमा उभिएर भाषण गर्नेभन्दा फरक पहिचान बनाउँदै आएका छन्—कृष्ण बहादुर कुवर । बाणगंगा नगरपालिका वडा नं. ४ गजेहडाका कुवर जनताको माझ ‘भाषण होइन, कामले बोल्ने’ उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन् ।

कुवरले राजनीति चुनावका लागि मात्र होइन, निरन्तर सेवा र विकासको माध्यम हुनुपर्छ भन्ने मान्यता स्थापित गर्दै आएका छन् । उनले चुनावी घोषणापत्र सार्वजनिक गर्नुअघि नै शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्र, पूर्वाधार र खेलकुदमा करोडौँ रुपैयाँ बराबरको सहयोग र पहल गरिसकेका छन् ।

बाणगंगा–८ स्थित लौगाइ गणेश मन्दिरलाई एक लाख र भागिरथी गौशालालाई पाँच लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग गरेर कुवरले धार्मिक आस्थाप्रति सम्मान मात्र होइन, सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् । बाणगंगा–३ गगोरियामा विद्युतीकरण, पुल निर्माण, मगर टोलमा बिजुली पोल स्थापना तथा तिकनामा गाउँभित्रको सडक निर्माणमा गरिएको आर्थिक सहयोगले उनको विकासप्रतिको स्पष्ट दृष्टिकोण देखाउँछ ।

राजनीतिमा धेरैले योजना देखाउँछन्, तर कुवरले बजेट ल्याएर काम देखाएका छन् । केन्द्र र प्रदेश सरकारसँगको समन्वयमा कुवरकै पहलमा सिउटीभित्रका गाउँको सडक कालोपत्रे गर्न एक करोड रुपैयाँ बजेट विनियोजन हुनु यसकै प्रमाण हो ।

शिक्षा र स्वास्थ्यलाई उनले राजनीति भन्दा माथि राखेका छन् । जनता मावि पिपरालाई एक लाख ५० हजार, बाणगंगा मा बि लाई १० लाख र चार नम्बर सामुदायिक अस्पताललाई दुई लाख सहयोग गर्नुका साथै वडा नं. ९ मा आँखा र पाठेघरसम्बन्धी स्वास्थ्य शिविर आफ्नै खर्चमा सञ्चालन गरिनुले ‘सेवा पछि राजनीति’ भन्ने कुवरको सोचलाई उजागर गर्छ ।

धार्मिक तथा सामुदायिक पूर्वाधार निर्माण, खेलकुद प्रवर्द्धन, ज्येष्ठ नागरिक, आमा समूह, युवा क्लब, राइडर्स क्लबदेखि कुवर समाजलाई एम्बुलेन्स खरिदका लागि १० लाख सहयोगसम्म पुग्दा कुवरको राजनीतिक आधार घोषणाले होइन, योगदानले बनेको देखिन्छ ।

बाढीपीडित, आर्थिक रूपमा कमजोर परिवार, अति गरिब तथा जेहेन्दार विद्यार्थीका लागि गरिएको प्रत्यक्ष सहयोगले कुवरलाई केवल उम्मेदवार होइन, संकटका बेला साथ दिने नेता बनाएको स्थानीयको भनाइ छ ।

राजनीतिमा विश्वास संकट गहिरिँदै गएको बेला कपिलवस्तु–१ मा कृष्ण बहादुर कुवर जनताले खोजिरहेको ‘काम गर्ने प्रतिनिधि’ का रूपमा उदाइरहेका छन् । अब प्रश्न एउटै छ—घोषणामात्र गर्ने कि काम गरेर देखाइसकेको नेतृत्वलाई अवसर दिने ?

प्रतिक्रिया दिनुहोस्