बाणगंगा नगरपालिकामा मगर दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा


पालिका पत्र

26 February, 2026 7:30 pm मा प्रकाशित

कपिलवस्तु, १४ फाल्गुन २०८२

बाणगंगा नगरपालिकाले मगर दिवसको अवसरमा शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर प्रमुख चक्रपाणि अर्याल द्वारा हस्ताक्षरित सूचनामा मगर समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने मगर दिवसप्रति सम्मान व्यक्त गर्दै बिदा घोषणा गरिएको उल्लेख गरिएको छ।

सूचनाअनुसार नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था (अत्यावश्यक सेवा बाहेक) उक्त दिन बन्द रहनेछन्। अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्