असार २१, कपिलवस्तु ।
कपिलवस्तु र अर्घाखाँचीमा सर्पदंशका कारण दुई जनाको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका–११ निवासी दुई वर्षीय शुसिल वर्माको विषालु गोमन (कोब्रा) प्रजातिको सर्पले टोकेपछि मृत्यु भएको हो। उनलाई उपचारका लागि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।
त्यस्तै, अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ निवासी २१ वर्षीय पुष्कर कुमालको पनि विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उपचार केन्द्रका नवीन भण्डारीले जानकारी दिए।



