धानबालि कहिले भित्राउने ? यस्तो छ जलवायु तथा विपद् विज्ञको सुझाव


पालिका पत्र

7 October, 2025 10:20 am मा प्रकाशित

काठमाडौं, असोज २१ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार आगामी बुधवारपछि देशभर धान भित्र्याउन अनुकूल समय सुरु हुने अनुमान गरिएको छ।

उनका अनुसार बुधवारदेखि मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिने सम्भावना छ, जसका कारण धान काट्ने र भित्र्याउने कार्यका लागि मौसम सहज रहनेछ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा. उप्रेतीले भने, “अहिले धान भित्र्याउने अनुकूल समय सुरु हुँदैछ। भोलिदेखि मौसम क्रमशः सफा हुँदै जाने र बुधवारपछि मनसुन पूर्ण रूपमा हट्ने भएकाले धान काट्ने कार्यमा कुनै बाधा रहने छैन।”

उनले पश्चिमी वायुको तत्काल प्रभाव नदेखिने भएकाले नजिकका दिनहरूमा ठूलो वर्षाको सम्भावना पनि नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्