१६औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षणः मम्मी डान्स प्रतियोगिता


पालिका पत्र

23 November, 2025 10:36 pm मा प्रकाशित

यही मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुने १६औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२मा यस वर्ष नयाँ तथा विशेष आकर्षणको रूपमा मम्मी डान्स प्रतियोगिता आयोजना गरिने भएको छ। बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुन लागेको महोत्सवले कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाहरूको कृषि, पर्यटन र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।

महोत्सवका संरक्षक तथा १४ औं कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनका अनुसार यस पटक आमाबुबा तथा परिवारसँगै महोत्सव अवलोकन गर्न आउने महिलाहरूलाई सहभागी गराई उत्साह, ऊर्जा र मनोरञ्जन बढाउने उद्देश्यले मम्मी डान्स प्रतियोगिता राखिएको हो। परिवारमै रमाइलो वातावरण सिर्जना गर्न मद्दत गर्ने भएकाले यो प्रतियोगिता महोत्सवको मुख्य आकर्षण बन्ने अपेक्षा आयोजकले गरेको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले बुद्ध रंगशालामा रहेको बाणगंगा वेयलफेयर सोसाइटीको सचिवालयमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्। महोत्सवका अन्य कार्यक्रम, जलपरी, सुनामी पिङ, स्टल प्रदर्शनी, स्थानीय उत्पादन, सांस्कृतिक प्रस्तुति र पर्यटन प्रवद्र्धनसँगै यस वर्षको मम्मी डान्स प्रतियोगिता’ विशेष चर्चा बटुल्ने महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले बताए ।

१६ औं महोत्सवलाई कपिलवस्तुको पहिचान र विकासको लागि एकताको प्रतीक बनाउन सबै पक्षलाई सहकार्यको लागि बाणगंगा वेयलफेयर सोसाइटीले आह्वान गरेको छ । बाणगंंगाको बुद्ध रंगशालमा हुने महोत्सवलाई कपिलवस्तु जिल्लामा विशेष रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्