कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको अभियान तीव्र,


पालिका पत्र

26 February, 2026 11:16 am मा प्रकाशित

कपिलवस्तु,

कपिलवस्तु, कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी अभियानले पछिल्लो समय तीव्रता पाएको छ। दलगत राजनीतिबाट असन्तुष्ट मतदाताको समर्थन आफू तर्फ आकर्षित हुँदै गएको दाबी गर्दै शर्माले क्षेत्रका विभिन्न स्थानमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

बुधबार वाणगंगा नगरपालिका–८ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रम बोड्गाउँबाट सुरु भई वाणगंगा पुलचोक, मधुवन, बण्डौली, लौगाई, मोर्मी ढोडेकोल, चप्परगाउँ, धनेश्पुर हुँदै वालापुरबाट बोड्गाउँ चोकमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

घरदैलोका क्रममा केही स्थानीयले स्वतन्त्र उम्मेदवारप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्