लुम्बिनीमा मध्य असारसम्म २० प्रतिशत मात्रै धान रोपाइँ, वर्षा अभावले किसान चिन्तित


पालिका पत्र

29 June, 2026 9:38 am मा प्रकाशित

असार १५, बुटवल ।

धान उत्पादनका लागि उर्वर भूमि मानिने लुम्बिनी प्रदेशमा मध्य असारसम्म आइपुग्दा जम्मा २० प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ। पर्याप्त वर्षा नहुँदा तथा सिँचाइको अभावका कारण तराईका अधिकांश जिल्लामा किसानले रोपाइँ गर्न नपाउँदा धानको ब्याडमा बीउ छिप्पिन थालेको छ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार १२ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ। ३३ हजार ८७ (हेक्टर धानखेती हुने बाँकेमा हालसम्म करिब १६९ हेक्टर ९०.५ प्रतिशत) क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ।

सबैभन्दा बढी रोपाइँ भने नवलपरासी ९पश्चिम० मा भएको छ। २० हजार ८८७ हेक्टर धानखेती हुने जिल्लामा हालसम्म १० हजार ४४३ हेक्टर अर्थात ५० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ।

यस्तै, ६३ हजार ५५ (हेक्टर धानखेती हुने रूपन्देही मा ४३ प्रतिशत )२७ हजार ३२६ हेक्टर०, दाङ मा १५ प्रतिशत, बर्दिया मा १९.३१ प्रतिशत र कपिलवस्तु मा १.५८ प्रतिशत (करिब १ हजार ५०० हेक्टर) क्षेत्रमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ। कपिलवस्तुका अधिकांश खेत पर्याप्त पानी नपुग्दा अझै बाँझै छन्।

पहाडी जिल्लामध्ये पाल्पा मा सबैभन्दा कम ४ प्रतिशत रोपाइँ भएको छ। ७ हजार २८७ हेक्टर खेतीयोग्य जमिनमध्ये २९१ हेक्टरमा मात्रै धान रोपिएको छ। गुल्मी मा ७ प्रतिशत, प्यूठान मा ८८ प्रतिशत, अर्घाखाँची मा ११।२ प्रतिशत, रोल्पा मा ४० प्रतिशत र रुकुम पूर्व मा २५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार प्यूठानमा अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध भएकाले अन्य जिल्लाको तुलनामा रोपाइँ उल्लेखनीय रूपमा अघि बढेको हो। अन्य जिल्लामा भने पर्याप्त वर्षाको प्रतीक्षामा किसान खेतमा रोपाइँ गर्न नसकी आकाशे पानीकै भर पर्न बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्