यस्तो छ प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य


appharu

३ भाद्र २०७८, बिहीबार १२:३८ मा प्रकाशित


स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २ मा प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य उल्लेख गरिएको छ । 
क) प्रमुख प्रशासकीय अधिकृतले सभा र कार्यपालिकाको सचिवका रूपमा काम गर्ने
ख) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने–गराउने
ग) अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन गर्ने–गराउने
घ) कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने तथा बेरुजु फस्र्योट गर्ने–गराउने
ङ) आयोजनाहरूको फरफारकका लागि प्रतिवदेन तयार गरी कार्यपालिकाको बैठकमा पेस गर्ने
च) गाउँपालिका वा नगरपालिको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने गराउने
छ) अध्यक्ष वा प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठकसम्बन्धी आवश्यक कार्य गर्ने–गराउने
ज) कार्यपालिको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने
ञ) गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने
ट) सार्वजनिक खरिद योजना तयार गरी खरिदसम्बन्धी कार्य गर्ने–गराउने 
ठ) सभा र कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने–गराउने 

प्रतिक्रिया दिनुहोस्