वडा अध्यक्ष र सदस्यमा उमेदवारी दिन के–के कागजात चाहिन्छ ?


appharu

६ बैशाख २०७९, मंगलवार ०८:३५ मा प्रकाशित

काठमाडौं ।
आगामी ०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनका लागि वैशाख ११ र १२ गते उमेदवारी मनोनयन हुने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

निर्वाचनमा वडा अध्यक्ष र सदस्य पदका लागि उमेदवारी दिनका लागि स्वघोषणासहित ४ वटा कागजात आवश्यक पर्ने आयोगले जनाएको छ ।

यी हुन् वडाध्यक्ष र सदस्यका लागि चाहिने कागजात

१- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२- धरौटी राखेको बैंक भौचर वा नगद रसिद,
३- दलको उमेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,
४- सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उमेदवारको स्व-घोषणा,

प्रतिक्रिया दिनुहोस्