असार १५, दहिचिउरा र धान दिवसको महत्व


appharu

१५ असार २०७९, बुधबार ०६:३१ मा प्रकाशित

प्रल्हाद दाहाल
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दहीचिउरा खाएर मनाउने परम्परा छ । असार १५ मा रोपाइँ सकेको खुसीयालीमा भोज स्वरुप दही र चिउरा खाने दिनको रुपमा पनि चिनिएको हो । सरकारले यस दिनमा धान दिवस समेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दहीचिउरा खाने प्रचलन रहँदै आएको हो ।

यस दिन रोपाईं गरी दहीचिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दहीचिउरा खाने चलन हाम्रो समाजमा छ । रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत ग¥हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुने गर्दछन् ।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आलीजोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेको देख्दा हाम्रो नेपाली परम्परा साँच्चै रमाइलो र आकर्षक छ भन्ने कुरा प्रष्ट हुन्छ।

कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धानबालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत यसले प्रभावपार्ने भएकाले रोपाईंको ठूलो महत्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ।
देशमा धान खेतीको लागि सिंचाई सुविधा कम उपलब्ध भएकाले मनसुन मै भर पर्नुपर्ने पस्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्नाअन्यकाम छाडेर भएपनिअसारे भेल छोपी धान बाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुने हुनाले पनि यो समयमा रोपाईंमा व्यस्त हुनु परेको हो । साता पन्ध्र दिनकाम गरेर वर्षभर खाने बाली लगाउन कामको चाप भएकाले वास्तवमा सबै कृषकका लागि असारको १५ को महत्व धेरै भएको हो । लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व अझ थप महत्व दर्शाउँछ ।

रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ ।
रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमापालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ। कतै कतै ठूला खेतीभएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजाबजाई नाचगानगर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनिप्रचलन ठाँउ ठाँउमा रहेकोछ ।

एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घैया धानलगाउने गरिन्छ । तर वर्षे धानभन्दायसको उत्पादनभने कम हुन्छ ।

नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतहभन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धान खेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा आदि विकासे जातका धान लगाइन थालेको पाइन्छ ।

असार १५ मै किन खाइन्छ दहीचिउरा ?प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले होल भन्ने गरिन्छ । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दहीचिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएकोले नै होला । तर समयक्रमले यसलाई असार १५ मा पु¥याएको संस्कृतिकर्मीको तर्क छ । उनीहरुका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन। तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ । हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन । अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन् । तर पहिला यस्तो हुँदैन थियो । रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहनपनिनपर्ने र तयार गर्न धेरै समय पनिनलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको पनिभन्ने गरिन्छ । असारमा कामको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन र पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्धहुने भएकाले असार १५ मादहीचिउरा खाने थिति नै बसेको हो भन्ने पनि गरिन्छ । पहिला पहिला सबैसँग आजभोलि जस्तो माछा, मासु लगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन थियो । प्रायःजसो सबै किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो । गाईभैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन थियो । त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दहीचिउरालाई महत्वदिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरुले भन्ने गरेका छन् ।

दहीचिउरा पौष्टिक आहार पनिभयो । धेरै समयलाग्ने गरी दहीचिउरा अरु खानेकुरा जसरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको हो । यसै प्रयोगले आज संस्कृति र पर्वको रुप लिएको मात्र हो भन्ने हरु पनि धेरै छन्। कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्वखल्लो हुने क्रम बढेको छ । असार १५ कृषिमा नेपालीहरुको आत्मनिर्भरताको प्रमाण पनि हो । पहिले दही र चिउरा घरमै हुन्थ्यो तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ ।

अहिले कमैका घरमागाई भैंसी छन् । गाईभैंसी नपालेपछि घरघरमादहीबन्ने कुरा भएन । तैपनिबजारबाट किनेर भएपनिअसार १५ माभने दहीचिउरा खाने प्रचलनमा कमी भने आएको छैन । विवाह, व्रतबन्ध, सभासमारोहपछि सबैभन्दा बढी दहीप्रयोग हुने दिनभनेकै असार १५ हो । दहीबनाउने पेसापनि मौसमी व्यवसायहो । विशेषगरि माघ र फागुन महिना दही उपभोग हुने खास महिना हुन् । अरु समय भनेको चाडबाड, विवाह, व्रतवन्ध तथा सभा सम्मेलन नै हो । त्यस्तै गर्मी याममा पनि दहीको माग अघिपछि भन्दा बढी नै उपभोग हुन्छ ।

तर बजारमा आजभोलि दूध अभाव भएपछि दही बनाउन अलि कठिन हुन थालेको छ । दूध आवश्यक मात्रामा नआउँदा अहिले दही धेरै जमाउन पाइँदैन र १५ गतेलाई कसरी पु¥याउन सकिन्छ भन्ने कुरामा हामी लाग्न पर्छ । १५ गते दिउसदेखि नै दहिको अभावहुन थाल्छ ।

भक्तपुर नगरभित्र करिब एकसय पचास घरपरिवारले परम्परागत रुपमा मौलिक जु जु धौ बनाउँछन् । उनीहरुले वार्षिक एक हजार पाँच सय मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादनहो । भक्तपुरमा बन्ने विशेष प्रकारको दहीलाई जुजु धौ (राजादही) भन्ने प्रचलन पनि रहँदै आएको छ । दही बनाउने पेसा आफैँमा स्वतन्त्र र आत्मनिर्भर व्यवसाय भने होइन । यो पशुपालनमा आधारित व्यवसाय हो । त्यसमा पनि गाईको दूधबाट राम्रो दही बन्दैन । त्यसैले भैंसीको दूध आवश्यक पर्छ । सहरीकरण र फेरिएको जीवनशैलीले नेपाली समाजमा पशुपालन गर्ने क्रमशः घट्दै आएको छ । यसले गर्दा पनि पहिले पहिलेको जस्तो स्वादमा दहि पाउन कठिन हुने गरेको छ ।

नेपालमा असार १५ मा अरु दिनभन्दा झन्डै ५ गुना बढी दहि खपत हुन्छ । यो दिनहाम्रो देशमा करिब ६०-७० हजार लिटर दहिखपत हुन्छ । आर्थिक रुपले हेर्ने हो भने असार १५ गते दहिको मात्र कारोबार करिब ८०- ९० करोडको कारोबार हुने देखिन्छ । यस दिनआमउपभोक्ताले दहिनपाइएलाभनेर अघिल्लो दिनदेखि नै घरमादहिलाने गरेको देखिन्छ । असार १५ गते दिउसदेखि नै प्राय डेरीहरुमा दहि पाउन गार्हो छ । असार १५ को महत्वकति छ भन्ने कुरा सबै कुराहरु हेर्दा पनि प्रष्ट देखिन्छ।
(लेखक नेपाल डेरी एशोसिएसनकन केन्द्रीय अध्यक्ष हुन् )

प्रतिक्रिया दिनुहोस्