राजनीतिक आडमा बाणगंगा नगरका शिक्षा शाखा प्रमुख जिसीको मनोमानी


appharu

८ भाद्र २०७९, बुधबार ०७:५२ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीलाई राजनीतिक गन्ध देखाएको आरोप लागेको छ ।

बाणगंगा नगरपालिकाको वडा नं ५ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको परिक्षामा जिसीले चलखेल गर्न खोजेको आरोप लागेको हो ।

आधारभूत तहको अंग्रेजी राहत शिक्षकको मंगलबार हुने भनिएको परिक्षा जिसीको निर्देशनमा स्थगित गरिएको थियो ।

विषय विज्ञमा नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षक हुनुपर्ने भन्दै जिसीले राजनैतिक आवरण देखाएर परिक्षा स्थगित गरेको व्यवस्थापन समितिका अध्यक्ष अमृत चौधरीको आरोप छ ।

शिक्षक संगठन एमाले निकट शिक्षकहरुको संगठन हो ।

वडा नं ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले नगरको शिक्षा प्रमुख जस्तो जिम्मेवार व्यक्ति खुलेयाम राजनैतिक आवरणमा उत्रनु अस्वभाविक भएको बताउँदै परिक्षा निष्पक्ष हुनुपर्ने बताए ।

जिसीले भने यस विषयमा प्रतिकृया लिन खोज्दा विद्यालय व्यवस्थापन समितिले ल्याएका विषय विज्ञ प्रति आफ्नो विश्वास नरहेको बताए । उनले शिक्षक प्रतिनिधि नगरको शिक्षा शाखाले राखेको हुनुपर्ने उनले बताए । पैसाको लेनदेनलाई रोक्न यसो गरिएको उनको दाबी छ ।

विद्यालयका प्रध्यानाध्यापक कामता चौधरी स्वयम शिक्षक संगठनमा अवद्ध शिक्षक रहेको बुझिएको छ । यस विषयले विद्यालयमा राजनीतिक किचलो शुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिले भने विद्यालयलाई राजनीतिक मुक्त गर्न र निष्पक्ष बनाउन सूचना प्रकाशित गरि प्रकृयागत तरिकाले प्रतिष्पर्धात्मक ढंगबाट शिक्षक परिक्षा गराउने सहमती अनुसार अगाडी बढेको दाबी गरेको छ ।

नगरका जिम्मेवार कर्मचारीबाट नै राजनीतिक पूर्वाग्रह शुरु भएको समितिको ठहर छ । यससंगै यो विद्यालयमा शिक्षक नियुक्ति प्रकृया झन पेचिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्