शितगंगामा कांग्रेस–माओवादी बीच द्धन्द्ध, मेयरको कार्यशैली प्रति विरोध


appharu

४ कार्तिक २०७९, शुक्रबार ०९:४५ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) शितगंगा नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख छविलाल पौडेलसंग रुष्ट बनेको छ ।

अर्घाखाँची शितगंगा नगरपालिकाको निर्वाचनमा गठबन्धन गरेर चुनावमा होमिएका कांग्रेस-माओवादी बीच मनमुटाव बढेको हो ।

माओवादी शितगंगा नगर कमिटीले नगर प्रमुख पौडेलको कार्यशैली प्रति विरोध गर्दै खेद प्रस्ताव पारित गरेको जनाइएको छ ।

नगर प्रमुख पौडेलले मिलेर चुनाव लडे पनि योजना निर्माण, बजेट विनियोजनमा पक्षपातपूर्ण व्यवहार गरेको माओवादी नगर कमिटीको आरोप छ ।

‘हाम्रै मतले कांग्रेसले मेयर जितेको हो । कांग्रेसको दम्भ बढ्यो । हामीसंग कुनै सहकार्य गर्न खाजिदैन्, योजना निर्माण, बजेट विनियोजनमा पक्षपातपूर्ण व्यवहार भयो, एक माओवादी नेताले भने, ‘यस्तै हो भने आसन्न मंसिर ४ को निर्वाचनमा पनि सोच्नुपर्ने स्थिति छ ।’

आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई माओवादीले भोट दिनुपर्ने गरी गठबन्धन छ । ती नेताले कांग्रेसको कार्यशैलीका कारण भोट दिन सोच्नुपर्ने स्थिति आएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्