रुपन्देहीका सामुदायिक विद्यालयहरु देशमै उत्कृष्ट : विष्णु पौडेल


appharu

३ पुष २०७९, आईतवार ०७:४७ मा प्रकाशित

पालिकापत्र, बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ विविध कार्यक्रमसहित सम्पन्न भएको छ । वार्षिकोत्सव मूल समारोहमा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरु देशमै उत्कृष्ट रहेको बताए । विद्यार्थी संख्या, उत्कृष्ट नतिजा, शैक्षिक गुणस्तर, पुर्वाधार र अतिरिक्त क्रियाकलाप सबै दृष्टिले रुपन्देहीका सामुदायिक विद्यालयहरु देशका अरु जिल्ला भन्दा अब्बल सावित भएको भन्दै पौडेलले सराहना गरे । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास तथा गुणस्तर सुधारका लागि आफ्नो तर्फबाट विगतमा पनि साथ रहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने उनले बताए । प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले विद्यालयले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुको पठन पाठन गरेर बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नु पर्ने सुझाव दिए । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने सस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका साथ उप महानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।
वडा नं ४ का अध्यक्ष नरिश्वर शर्माले बुटवल उपमहानगरपालिका विद्यालयको सर्वाङ्गिण विकासका लागि वडा र उपमहानगर सधैंभरि तयार रहेको बताए । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले स्सथानीय, प्रदेश र संघीय गरी तिनवटै तहका सरकारको सहयोगबाट विद्यालय भौतिक पुर्वाधारले सम्पन्न हुंदै गएको र २५ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने संस्था बनेको बताए ।
सो अवसरमा लगातार २५ वर्ष शिक्षण गरेका पूर्व शिक्षक यज्ञलाल सुवेदी र कार्यरत शिक्षक घनश्याम यादवलाई कान्ति दीर्घ सेवा पदक बाट सम्मान गरिएको छ । वर्षको उत्कृष्ट कर्मचारीका रुपमा प्रेम बहादुर बगाले, शिक्षकको रुपमा अमित कशौधन र मञ्जु बस्नेत , उत्कृष्ट अभिभावकका रुपमा गोकर्ण पराजुली र कमला पन्थी जि सि लाई सम्मानित र जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई विभिन्न सस्था र व्यक्तिबाट स्थापना गरिएको अक्षयकोषको ब्याज रकमबाट छात्रवृत्ति प्रदान गरिएको शिक्षक हुमराज भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्