मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै


appharu

५ माघ २०७९, बिहीबार ०८:५९ मा प्रकाशित

पालिकापत्र, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदैछन्।

उनी संविधानको धारा १६८ को (९) अनुसार मुखयमन्त्री नियुक्त भएका हुन् । सोही धाराको उपधारा ४ अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
आज दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी छ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सासदहरु सहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। लुम्बिनीमा सत्तापक्षको सुविधाजनक बहुमत देखिन्छ। मुख्यमन्त्री नियुक्त हुंदा गिरीलाई नेपाली कांग्रेसका २७ तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना गरी २९ जनाले समर्थन गरेका थिएन् ।

प्रतिक्रिया दिनुहोस्