सन्धिखर्क नगरपालिकाको फोहरलाई मोहर बनाउने प्रयाश


पालिका पत्र

17 April, 2023 12:02 pm मा प्रकाशित

सन्धिखर्क, ०४ वैशाख । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले फोहरबाट मोहर बनाउने अभियान सञ्चालन गरेको छ। घरदैलो अभियान सञ्चालन गरेर फोहर मैलालाई कुहिने र नकुहिने फोहरमा वर्गीकरण गर्नका लागि सचेत गराएको छ।

सन्धिखर्क नगरपालिकालाई सरसफाईमा नमुना नगरपालिका बनाउन निजी क्षेत्रसँगको सहकार्यमा फोहर व्यवस्थापन गर्ने कार्य नयाँ वर्षको सुरु भएसँगै शुभारम्भ भएको छ।

कुहिने फोहरलाई कम्पोष्ट मल बनाएर तथा नकुहिने फोहरलाई प्रशोधन गरेर प्रयोग गर्ने बनाउने कार्य सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले बताइन्।

घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने फोहरमा वर्गीकरण गरी फोहरलाई मोहरमा परिणत गर्ने काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। फोहरमैला व्यवस्थापनका लागि सहजीकरण होस भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्