सरकारको समर्थन फिर्ता नलिने सुदुरपश्चिम एमाले संसदीय दलको निर्णय


appharu

१२ जेष्ठ २०७८, बुधबार १५:१३ मा प्रकाशित

काठमाडौं ।
नेकपा एमालेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेश सभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताका लागि निर्देशन दिएको थियो । तर, बैठकले पार्टीको निर्देशन विपरीत निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभामा एमालेको खनाल–नेपाल समूह बलियो छ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

तीनै जना माधवकुमार नेपाल समूह पक्षधर हुन् ।

प्रतिक्रिया दिनुहोस्