कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रे धमाधम

चुनावको मिति घोषणाविरुद्ध आज १४९ जना विपक्षी सांसद हस्ताक्षरसहित सर्वोच्च अदालत जाने भएका हुन् ।


appharu

९ जेष्ठ २०७८, आईतवार ०९:३८ मा प्रकाशित

बागलुङ ।
कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भए पनि सदरमुकाम बागलुङ बजारदेखि जैमिनी नगरपालिका मुकाम कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रे धमाधम भइरहेको छ ।

निर्माण कम्पनी कर्ण बिल्डर्सले कालोपत्रे सकेर सहायक सडकमा ढलानको काम गरिरहेको हो । सडक कालोपत्रे गर्ने क्रममा स्टिमेटभित्र परेका सहायक संरचनाको कामलाई प्राथमिकता दिएर निर्माण भइरहेको कम्पनीका साइट म्यानेजर सन्दीप श्रेष्ठले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर १३ पैँयुपाटाको पाग्जादेखि वडा नम्बर १२ टाकुरीसम्म कालोपत्रे गर्ने काम सकिएको छ । ‘हामीले जिम्मेवारी पाएको १० किलोमिटर सडक कालोपत्रे भएको छ । कोभिडका कारण हस्तान्तरण गर्न सकेनौँ,’ श्रेष्ठले भने, ‘निर्माणका क्रममा बचत गिटी, बालुवा र सिमेन्टले पुग्ने बेलासम्म सहायक मार्गको काम सक्छौँ ।’

बागलुङ नगरपालिका वडा नम्बर १३ र १४ वडामा पुग्ने ५ वटा सहायक सडकमा मूल सडकको काम गर्ने निर्माण कम्पनीले नै ढलान गर्ने स्टिमेट छ । झन्डै ५ सय मिटर सहायक सडक ढलान हुनेछन् ।

निषेधाज्ञा खुलेको पहिलो १ साताभित्र सडक हस्तान्तरण गरिने उनले जानकारी दिए । यो गण्डकी प्रदेश सरकारले सडकको स्तरीकरण गर्दा ‘क’ वर्गमा परेको सडक हो ।

प्रतिक्रिया दिनुहोस्