मुख्यमन्त्रीलाई लुम्बिनी कांग्रेसले भन्योः विश्वासको मत लेऊ या राजीनामा देऊ


appharu

१९ जेष्ठ २०७८, बुधबार १६:४४ मा प्रकाशित

बुटवल ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले आजको प्रदेशसभाको बैठकमा अल्पमतमा परेको सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन वा मार्गप्रशस्त गर्न माग गरे ।

उनले संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्ति भए पनि सरकार सोही धाराको २ जस्तो देखिएको बताए । “राष्ट्रियसभाको नतिजाले पनि प्रदेश सरकार अल्पमतमा रहेको पुष्टि भएको छ । आज ३० दिन पुगेको छ । कि उहाँले विश्वासको मत लिनुपर्छ । नभए उहाँले अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” उनले भने । उनले अब जालझेल गरेर कहिलेसम्म बस्ने रु भन्दै प्रश्न पनि गरे ।

उनले प्रदेशसभा छलेर बजेट ल्याउने सुनिएको भन्दै त्यस्तो नगर्न चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्