यी हुन पशुपक्षीबाट मानिसमा सर्ने १० रोग


appharu

२९ जेष्ठ २०७८, शनिबार ०७:०७ मा प्रकाशित

काठमाडौँ ।
सरकारले पशुपक्षीबाट मानिसमा सर्ने रोगहरूलाई प्राथमिकिकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा राखेको हो ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार प्रथम जुनेटिक रोगहरूको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको छ ।

सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस, सालमोनेलोसिस/लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस/हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगहरूलाई जुनोटिक रोगको प्राथमिकतामा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्