यस्तो कमसल काम गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्छः प्रवक्ता


appharu

३ असार २०७८, बिहीबार ०८:३१ मा प्रकाशित

पालिका पत्र, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले निर्माण ठेक्का लिएर कमसल काम गर्ने कुनै पनि ठेकेदारलाई कारबाही गर्नु पर्ने बताउनु भएको छ ।

अविरल वर्षासंगै आएको बाढी, पहिरो, कटान, डुवान आदि जस्ता प्राकृतिक विपत्तिबाट नगरबासीलाई जोगाउन नगरको पूर्व तयारी के छ ? भन्ने सन्दर्भमा पालिका पत्रसंग बुधबार विहान कुराकानी गर्दै नगर प्रवक्ता पौडेलले सो कुरा बताउनु भएको हो ।

वाणगंगा नगरपालिका ७ खुटेनीमा रहेको कजवे बुधवार दिउँसो ३ बजे आएको सामान्य बाढीले भत्काएको छ । केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्ट्रक्सनले ३ करोड बढी लागत बजेटबाट सो कजवे चार बर्ष अघि बनाएको थियो । यसपछि अहिले वडानम्बर ७ संग वडा नम्बर ५ र ६ को सम्बन्ध टुटेको छ ।

ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणले अनाहकमा दुख पाएका छन् । ठेकेदारको लापरबाहीको कारण जनताले सास्ती खेप्नु परेको भन्दै त्यस्ता कम्पनी र ठेकेदारलाई निश्चित रुपमा कारबाही गर्नुपर्ने उहाँले बताउनु भयो ।

कन्ट्रक्सनको कमसल बनावट भएकै कारण कजवे भत्किएको ब्यापक जनगुनासो आएको उहाँले बताउनु भयो । वडा नम्बर २ का वडाध्यक्षसमेत रहनु भएका उहाँले वैकल्पिक बाटो प्रयोग गर्न बनगाई र कोपवाबासीलाई आग्रह गर्नुभयो । समयमै सो कजवे मर्मत गर्न नगरले आग्रह गर्ने उहाँको भनाई छ ।

निर्माण कम्पनीले लापरबाही गर्दा अहिले आफूहरुले सास्ती खेप्नु परेको भन्दै मायादेवीसंग आक्रोस पोखेका छन् । कमिसनको चक्करमा ठेकेदार र जनप्रतिनिधि, इन्जिनियर लाग्दा कैयौँ ठाउँमा यस्ता समस्या भएको उनीहरु बताउँछन् ।

यसैबीच नगर प्रवक्ता पौडेलले प्राकृतिक रुपमा आउने बाढी, डुवान र यसले निम्त्याउने क्षतिप्रति नगर सतर्क रहेको बताउनु भयो । अहिले त्यस्तो कुनै समस्या नभएको भन्दै उहाँले भोलि हुन सक्ने यस्ता जोखिममा नगरले सबै संयन्त्र प्रयोग गर्ने बताउनु भयो ।

नगरका जोखिम र नदी कटान क्षेत्र पहिचान गरिसकिएको भन्दै त्यस्ता ठाउँमा पिवद् व्यवस्थापन टोलीले काम गर्ने पौडेलले बताउनु भयो । समस्यामा परेकाहरुलाई बजेट रकमान्तर गरेरै भए पनि राहत दिइने पौडेलको भनाई छ । कार्यक्रममै उहाँले आगामी असार १० गते नगरको १ अरब ५० करोड हाराहामीमा बजेट आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्