लुम्बिनीका चार मन्त्रीलाई जसपाले फेरि स्पष्टिकरण सोध्ने


appharu

३ असार २०७८, बिहीबार १९:२५ मा प्रकाशित

पालिका पत्र, काठमाडौं ।
पार्टी निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा गएका चारजना मन्त्रीलाई जनता समाजवादी पार्टी ९जसपा० ले फेरि स्पष्टिकरण सोध्ने भएको छ । पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षको बिहीबार काठमाडौँमा बसेको कार्यकारिणी समितिको बैठकले पार्टी निर्णय विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा सहभागी भएको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि पार्टीले मन्त्रीहरु सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे, विजयकुमार यादवलाई विधि प्रकृया अनुसार कारवाही गरेर सांसद पदबाट मुक्त गरेपनि सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद थमौति भएको छ ।

यस्तै वैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता पुनः दाबी गर्ने निर्णय बैठकले गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिबडाले जानकारी दिए ।

यस्तै बैठकले चुरे दोहन गर्न नहुने निष्कर्ष निकालेको छ । बाढी पहिरोको उद्धारका लागि खट्न आफ्ना कार्यकार्तालाई निर्देशन पनि बैठकले दिएको छ । बाढी पहिरो पीडिÞतलाई उद्धार र राहत तत्काल उपलब्ध गराउन सरकारसँग जसपाले आग्रह गरेको छ । चित्तबुझ्दो जवाफ नदिए चारैजनालाई पार्टीबाट निश्कासन गर्ने जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्