अनाथ आश्रमलाई पौष्टिक खाद्य र स्वास्थ्य सुरक्षा सामग्री प्रदान


appharu

२० असार २०७८, आईतवार ०८:०६ मा प्रकाशित

पालिका पत्र/ तिलोत्तमा ।
लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले अनाथ आश्रमलाई पौष्टिक खाद्य समाग्री र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । क्लबले तिलोत्तमा नगरपालिकाको कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकाका लागि कोभिड रिलिफ फण्डबाट १० हजार मूल्य बराबरका खाद्य र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।

क्लबका वर्ष २०२०–२१ का अध्यक्ष नारायण पाण्डे,इलेक्ट पे्रसिडेन्ट केशरबहादुर थापा (विष्णु), सचिव कृष्णप्रसाद पन्थी,वर्ष २०२१–२२ का कोषाध्यक्ष शोभाखर सुनार र क्लबका पब्लिक रिलेसन अफिसर टी.आर. शर्माले आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलाई उक्त सामग्री प्रदान गरेका हुन् । सो अवसरमा आश्रमका अध्यक्ष ज्ञवालीले आश्रममा हाल विभिन्न जिल्लाका २२ जना बालबालिका आश्रित रहेका जानकारी गराउंदै सुविधायुक्त भवनको अभाव हुंदा आवास र शौचालय लगायतको समसया भोग्नुपरेको बताए ।


क्लबका इलेक्ट प्रेसिडेन्ट केशर थापाले आफ्नो छोरीको जन्म दिन आश्रममा आएर मनाउने र केही फर्निचर सहयोग गर्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्