देवदहको स्वर्णिम सगरमाथाकी सुस्मा नेपाल प्रथम


appharu

२ श्रावण २०७८, शनिबार १८:४१ मा प्रकाशित

पालिका पत्र, बुटवल ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गत व्यवस्थापन संकायको बिबिएस चौथो बर्षको नतिजामा रुपन्देहीको स्वर्णिम सगरमाथा कलेज देवदहकी सुस्मा गैरे नेपाल प्रथम भएको कलेजले दावी गरेको छ । सुस्माले ८२ प्रतिशत अंक हासिल गरेर नेपाल प्रथम हुन सफल भएको कलेजका संस्थापक प्राचार्य कृष्णप्रसाद पौडेलले बताए । ‘हामीले विश्व विद्यालयका डिनसंग बुझ्दा अहिलेसम्म ८२ प्रतिशत अंक कसैको आएको पाइएको छैन भनेकाले सुस्मा नै नेपाल प्रथम भएको हाम्रो दावी हो’– पौडेलले भने । नेपाल प्रथम हुन सफल सुस्मासहित कलेजका विद्यार्थीहरु पुनम जैशी (६७ प्रतिशत), प्रशान्त रिमाल ६० प्रतिशत, रेनुका थारु ५९ प्रतिशत, लक्ष्मी पौडेल ५८ प्रतिशत सहित उत्तीर्ण विद्यार्थीहरुलाई कलेजले शनिबार सम्माान गरेको छ । सो अवसरमा देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले सुस्माको नतिजाले देवदह शैक्षिक क्षेत्रमा राष्ट्रिय स्तरमै अब्बल छ भन्ने पुष्टि गरेको भन्दै नगरपाकिलाले शिक्षाको गुणस्तर बृद्धिका लागि निजी शैक्षिक संस्थासंग हातेमालो गरेर अघि बढ्ने बताए । कलेजका संस्थापक प्राचार्य पौडेलले सुस्माको नतिजाले कलेजलाई आफ्नो शैक्षिक गुणस्तरको उचाई कायम राख्न चुनौति र अवसर थपिएको बताए । चौथो वर्षको नतिजामा नेपाल प्रथम भएकी सुस्माले कलेजको शैक्षिक वातावरण र गुणस्तरीय पठनपाठनले नै आफूले यो सफलता पाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्