प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता


appharu

३ श्रावण २०७८, आईतवार ०९:५३ मा प्रकाशित

पालिका पत्र, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।

कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख मार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको बैठक आज अपराह्न चार बजे बस्दै छ । संसद वैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रका संसदीय दलको वैठक छुट्टाछुट्टै बस्दैछन् भने एमालेको स्थायी समिति वैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्