देउवा सरकारले गठन गर्‍यो भूमि आयोग, अध्यक्षमा निरौला नियुक्त


appharu

३१ भाद्र २०७८, बिहीबार ०७:०० मा प्रकाशित

काठमाडौं ।
सरकारले भूमि आयोग गठन गरेर केशव निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ । अघिल्लो सरकारले गठन गरेको भूमि आयोग प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विघटन गरेको थियो ।

आयोग विघटन गरेको १ महिनामै देउवा सरकारले अर्को आयोग गठन गरेको हो ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेर निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ ।

निरौलाले बुधवार पद तथा गोपनियतको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार नवनियुक्त अध्यक्ष निरौलालाई शपथ गराएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको शपथ ग्रहणपछि निरौलाले सुकुम्वासीका समस्या समाधान गर्न प्रयास गर्ने बताए ।

सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकाले आफ्नो नेतृत्वको टीमले ती समस्यालाई हटाउन प्रयत्न गर्ने उनले बताए ।

निरौलाले भने, ‘भूमि आयोग गठन भएको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरू थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिबद्ध हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्