धान खेतीमा क्षति भएका किसानलाई राहत दिन जसपा लुम्बिनीको माग


appharu

१ कार्तिक २०७८, सोमबार १९:३० मा प्रकाशित

पालिका पत्र/बुटवल

जनता समाजवादी पार्टी लुम्बिनी प्र्रदेश समितिले वर्षाका कारण धान बालीमा क्षति भएका किसानलाई उचित राहत दिन सरकारसंग माग गरेको छ ।

जसपा लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक यादव र प्रदेश सचिव यज्ञ पोखरेलले साृेमबार एक विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सहित देशका विभिन्न जिल्लामा पाकेको धान काटेर खेतमा राखेको अवस्थामा आइतबार र सोमबार परेको भारी वर्षाले डुबानमा परेर ठूलो क्षति पुर्‍याउंदा किसानहरु मर्माहत भएको भन्दै तत्काल राहत दिन माग गरेका छन् ।

‘वर्षाले धान बालीमा पुर्‍याएको क्षतिको तथ्यांक संकलन गरी मारमा परेका किसानलाई राहत दिन कत्ति पनि ढिलाई नगर्न जसपाले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसंग जोडदार माग गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।

धान लगायत प्रमुख बालीको वीमा गर्ने व्यवस्था मिलाई किसानलाई दीर्घकालीनरुपमा कृषि पेशामा टिकाइराख्न जसपाले विज्ञप्तिमार्फत सरकारलाई सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्